Friday, March 29
Shadow

Tag: मोरङ

मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ मोरङमा कोरोना भाइरस संक्रमित तीन जना वृद्ध पुरुषको मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो। तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ। दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो। त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो। उपचारमा संलग्न वरिष्ठ फि...