Friday, April 19
Shadow

Tag: मल

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

आर्थिक, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं , फागुन १८ । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन मेटन युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ । कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३÷४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ । नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ । पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात ह...
रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिएपनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा युरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको हो । धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन नसकेको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–१७ का किसान रामविजय यादवले भने, “यसपालि गँहु र उखुको सिजनमा समेत मल नपाएपछि भारतीय रासायनिक मलले काम चलाउनु परेकाले यस वर्ष पनि गँहु उत्पादनमा कमी आउँछ कि भनेर चिन्तामा परेको छु ।” कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्म युरिया ११ हजार ७७१ टन, डिएपी ११ हजार ८६ टन र पोटास चार हजार ६२१ टन आएकोमा सोही अवधिमा रु पाँच करो...
मल खरीदमा नेपाली कम्पनी अयोग्य :  दुवै कम्पनीलाई कारवाही

मल खरीदमा नेपाली कम्पनी अयोग्य : दुवै कम्पनीलाई कारवाही

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरीदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारवाही गरिएको हो । २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरीदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीको गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थि...