Tuesday, March 19
Shadow

Tag: मनाङ

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो । हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभयो । “जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ । नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ”, उहाँले भन्नुभयो, “मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।” जिल्लामा कूल ७१ दशमलव ...
हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पु¥याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिनुभयो । “आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ”, आचार्यले भन्नुभयो । प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उहाँले बताउनुभयो । गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ...
मनाङको शैक्षिक अवस्था :विद्यालय भवन र शिक्षक छन्, विद्यार्थी छैनन्

मनाङको शैक्षिक अवस्था :विद्यालय भवन र शिक्षक छन्, विद्यार्थी छैनन्

ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका व...