Saturday, April 20
Shadow

Tag: भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

Uncategorized, कृर्षि, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चाल...