Wednesday, April 24
Shadow

Tag: भीमसेन दास प्रधान

काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो । प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए । यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।...
‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

ब्यानर समाचार, राजनिती
काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ । जय नेपाल शब्दलाई पार्टी भित्र...