Friday, March 29
Shadow

Tag: भारत

भारतलाई राष्ट्रसङ्घद्वारा दिइने ‘स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
भारतको राष्ट्रिय स्वास्थ्य अभियानअन्तर्गत उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणका लागि भारतले संयुक्त राष्ट्रसङ्घको पुरस्कार प्राप्त गरेको छ । इन्डिया हाइपरटेन्सन कन्ट्रोल इनिसियटिभ (आईएचसीआई) उच्च रक्तचाप हस्तक्षेप परियोजना भारतको एउटा बृहत् योजना हो । भारतको विद्यमान प्राथमिक स्वास्थ्य सेवा प्रणालीभित्र यसको लागि मान्यता प्राप्त छ । सन् २०२२ को राष्ट्रसङ्घीय आकस्मिक कार्यबल र डब्ल्युएचओ स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड भारतलाई आईएचसीआईका लागि बुधबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महासभामा प्रदान गरिएको हो । “यो अत्यन्त प्रभावशाली पहलले संयुक्त राष्ट्रसङ्घबाट प्रसंशा पाएको छ । हामी स्वस्थ र स्वस्थ भारत निर्माण गर्न प्रतिबद्ध छौं,” भारतका संघीय स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले एक विज्ञप्तिमा भन्नुभएको छ । अधिकारीहरूका अनुसार आईएचसीआई नोभेम्बर २०१७ मा सु...
भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको​ सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ । गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ ।  यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो । अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ । अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी...
भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ।यसमा ३० वटा जहाज/हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन्।यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ। यसमा २ हजार ४ सय डिब्बा छन्। २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो।भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो। कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सा...
भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १४ । भारतमा बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ । भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिम यता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए । बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । बेलायतमा हुने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार...