Tuesday, April 23
Shadow

Tag: बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं

अमेरिकाले स्विकारेको थियो , बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं

अमेरिकाले स्विकारेको थियो , बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं

ब्यानर समाचार 2, विचार
नेपाल प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । अमेरिकी राष्ट्रपतिले भारतका जवहरलाल नेहरुलाई- २०२२ सालमा भारत धार्मिक स्वतन्त्रता भएको देश भएको हुनाले 'विश्वमै नेपाल मात्र 'हिन्दुराष्ट्र हाे' भनेका थिए ! नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ। विक्रम संवत् १८०० देखि गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट हिमवत्खण्ड नेपालका हिन्दु राज्य बचाएर, लगभग ५४ हिन्दु राज्यहरु एकीकृत गरेर त्योबेलादेखि नेपाल 'विश्वको एकमात्र हिन्दु अधिराज्य स्थापितको सिर्जना गरेका थिए। अंग्रेजहरु अन्य मुलुकमा पस्दा पहिलो व्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे। नेपालमा पनि व्यापार, बुलेट...