Friday, April 26
Shadow

Tag: बादल

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, वैशाख ५ गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे । उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रति...
बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन , २४ घण्टे स्पष्टीकरण माग

बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन , २४ घण्टे स्पष्टीकरण माग

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २९ । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् । बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् । २...