Thursday, April 25
Shadow

Tag: बाढी

सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको  र व्यक्ति पनि हराइरहेका नेसनल काउन्सिल फर सिभिल डिफेन्सले  जानकारी दिएको छ । बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पु¥याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् । सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । ...
कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

ब्यानर समाचार 2, समाचार
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित अविरल वर्षापछि आएको बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ   ।  तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरि  सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । बाढीले पुल बगाएपछि त्यहाँको स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीले नदी किनारका बस्तीमा समेत क्षति  पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुहरू पनि  बगाएको छ ।   बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् । ...

पाकिस्तान:चौबिस घण्टामा छत्तिसको मृत्यु्

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।...
पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

आर्थिक, दुर्घटना, मुख्य समाचार, मौसम
५ कार्तिक,काठमाडौं बर्षाका कारण बारम्बार बाढी पहिरोका कारण धनजनको क्षति हुनेगरेको छ । यस्ता प्राकृति प्रकोप ले मानिसको दैनिक जीवनमा प्रतिकूल असर पररिहेको अवस्थामा सरकारको आस्वसनमै सिमित भएको अवस्था रहेको छ । प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम रहेकाले रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।    ...
मेलम्ची क्षेत्र अझै जोखिममा

मेलम्ची क्षेत्र अझै जोखिममा

टिप्स, मौसम, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ३२ साउन,काठमाडौं मेलम्चीमा पुन बाढी आएपछि पछिल्लो समयमा गरेको अध्ययनले अझै जौखिममा रहेकाले पूर्ववत गर्न नसकिने खानि तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको हाका हाकी बहसमा उनले भेमाथाङ भन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै अवस्थामा जुनसूकै समयमा बग्ने बताएका छन् । काठमाडौैं विश्व विद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमूख डा.रिजनभक्त कार्यस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले सर्तकता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरुमा जूनसुकै समयमा...