Thursday, April 18
Shadow

Tag: प्रतिनिधिसभा

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसमा ५३ दाबेदारी

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसमा ५३ दाबेदारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा ९ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ (क)मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सचिव सविन ढुङ्गेलले जानकारी दिनुभयो । त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरम...
प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष चुनाव मा उठ्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष चुनाव मा उठ्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
नेपालमा सांसद बन्न निश्चित शैक्षिक योग्यता तोकिनुपर्ने माग समयसमयमा उठ्ने गरेको छ। तर नेपालको कुनै पनि कानुनले राजनीतिज्ञहरूका लागि कुनै पनि शैक्षिक योग्यता तय गरेको छैन। यसअघिका निर्वाचनहरूमा यस्तो व्यवस्था नभए पनि आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेहरूका लागि शैक्षिक योग्यता बुझाउनुपर्ने व्यवस्था गरेको हो। निर्वाचन आयोगले उम्मेदवारहरूको शैक्षिक योग्यता खुलाउनुपर्ने व्यवस्था गरेपछि कतिपयले आयोगको कदमप्रति संशय पनि व्यक्त गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल मतदाताहरूलाई सही उम्मेदवार छनोटका लागि सहज बनाउन उम्मेदवारहरूको शैक्षिक योग्यतासहित उनीहरूको पृष्ठभूमि पनि सार्वजनिक गर्न लागिएको बताउँछन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ...
भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

भोली बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २२ । संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्बजनिक गरेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । = ...
चार पूर्वप्रधानन्यायाधीशको ठहर – प्रतिनिधिसभा विघटन असंवैधानिक, संसद भंग गरिएको टिप्पणी

चार पूर्वप्रधानन्यायाधीशको ठहर – प्रतिनिधिसभा विघटन असंवैधानिक, संसद भंग गरिएको टिप्पणी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , पुस २४ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै २०७२ को संबिधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकारको व्यवस्था नगरिएको अवस्थामा समेत आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको टिप्पणी गरेका छन् । उनीहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । उनीहरुले कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संबिधानको आधारभूत मुल्य परिवर्तन नहुने बताउदै जुनसुकै परिस्थिति उत्पन्न भए पनि संबिधान र संबिधान कार्यान्वयन गर्दा संबिधानवादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्ने धारण...
‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

‘प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन’

समाचार, समाज
  काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखे । उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए । उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हु...
राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १७ संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए। राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्। एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रम...