Monday, May 6
Shadow

Tag: प्रचण्ड–नेपाल पक्ष

प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । आफ्नो चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड(नेपाल पक्षले आज मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय गरेको थियो । संसद विघटन खारेज गर लगायत महिला हिँसा, महंगीलाई जोडेर बनाइएका नाराको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । मानव साङलोका लागि प्रचण्ड(नेपाल पक्षका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी भएका थिए । प्रचण्ड-नेपाल पक्षले शुक्रबार देशभरका सबै स्थानीय तहका वडा स्तरमा विरोध कार्यक्रम गर्दै छ ।...
छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १६ प्रचण्ड-नेपाल पक्षबाट निर्वाचन आयोगमा तीन जना जाने भएका छन्। आज साढे ११ बजे आयोगले अध्यक्ष ओली पक्ष र प्रचण्ड पक्षका ५/५ जनालाई छलफलका लागि बोलाएको छ। प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ती प्रधान जान लागेका हुन्। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उपत्यका बाहिर भएकाले तीन जना मात्र जाने राजेन्द्र पाण्डेले जानकारी दिए। ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जाँदै छन्। निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोगले बुधबार पत्राचार गरेको थियो।...