Tuesday, March 19
Shadow

Tag: पुष्पकमल दाहाल

जनमत पार्टी दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

जनमत पार्टी दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ । सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उहाँले उल्लेख गर्नुभयो । जनमत पार्टीमा छ सांसद हुनुहुन्छ । छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सपथ भोलि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । ...
सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

सोमबार नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । ...
आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ७ नेपाल कम्युनिस्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा संस्थागत भएको आदिवासी जनजातिको हक अधिकारमाथि निर्ममतापूर्वक प्रहार भएको बताएका छन् । उनले आदिवासी जनजाति महासंघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै असंवैधानिक रुपमा संसद् विघटन गरेर आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार गरिएको बताएका हुन् । दाहालले यस संविधानमा आदिवासी जनजातिको अधिकार र पहिचानलाई अधिकतम समेटेको बताउँदै भने, ‘समावेशी र समानुपातिकतालाई सम्बोधन गर्न कोसिस गरिएको याे नै पहिलो संविधान हो । तर केपी ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेका छन् ।’ संविधानलाई अतिक्रमण गर्ने काम भएको उनको भनाइ छ । उनले संविधान र संघीय गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।...
 प्रधानमन्त्रीका  विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

 प्रधानमन्त्रीका विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्रीले गरेका अत्याचार विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले आफ्नो पार्टी सडकमा आएको बताएका छ्न। आज भएको बिरोध प्रदर्शनमा बोल्दै प्रचण्डले सडकमा आउने नसोचेर नै  बताएका उनले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने नसोचेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...