Tuesday, March 19
Shadow

Tag: परराष्ट्रमन्त्री ज्ञवाली

भारत भ्रमण पूरा गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, सिमा विवाद बारे कुर्रै भएन

भारत भ्रमण पूरा गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, सिमा विवाद बारे कुर्रै भएन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनले भ्रमणका क्रममा त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् भने दुई देशबीचको संयुक्त आयोगको बैठकमा भाग लिएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भरतीय समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास गरेपनि मोदीसँग भेट भने हुन सकेन । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक : भारत भ्रमणको क्रममा ज्ञवालीले शुक्रबार नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गर...
परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं माघ २ । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल(भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ । नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड(१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छल...
नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।...
परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जादै छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, उर्जा, सीमा विवाद र कोभिड सम्बन्धि सहयोग, लगानी, कृषि, पर्यटनलागायतका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीको यस भ्रमणका क्रममा सीमा विवाद बारे कुरा हुने बताएका थिए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीच...