Tuesday, April 16
Shadow

Tag: नेविसंघ

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

आर्थिक, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०८ भाद्र, काठमाडौ सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृदि फिर्ता गर्न माग गरेका् छ । सोमबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल,डिजेल मटितेल,खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो । नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेश विज्ञप्ति मार्फत मगंलबार मुल्य वृदि फिर्ता गर्न माग गरेका हुन ।कोरोना भाईरसले व्यवसाय तथा रोजगारी गुमेको अवस्थामा उमभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य वृदि हुदा नेविसंघले आपत्ति जनाएको हो । कोभिड १९को महामारीको कठिन परिस्थितिमा सरकारले राहत वितरण गर्नु पर्नेमा कर र विभिन्न पद्धार्थको मुल्य वृद्धि गरेर जनताको चुलो बन्द गर्ने काम गरेको भन्दै नेविसंघले घोर विरोध गरेका छन् ।...
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्नेक्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ। भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री ओलीको कदम सच्चाउन आवश्यक छ। कदम नसच्चिएसम्म हामी आन्दोलनबाट दबाब दिइरहन्छौँ।’...
नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

ब्यानर समाचार, राजनिती, समाज
काठ्माडौं , पुस ७ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरेका छन् । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरेका छन् । साथै ओलीले चालेको कदम विरुद्ध एक जुट हुन समेत आग्रह गरेका छन् ।  उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे ।...
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २५ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ...