Thursday, March 28
Shadow

Tag: नेपाल राष्ट्र बैंक

अन्तरबैंक एटीएम शुल्क घट्यो ।

अन्तरबैंक एटीएम शुल्क घट्यो ।

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रू १५ सम्म शुल्क लिन सकिने जनाएको छ । यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ । राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको ...

नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

ब्यानर समाचार 2
  ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र ...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँच महिनाको प्रतिवेदन

राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँच महिनाको प्रतिवेदन

आर्थिक, मुख्य समाचार
काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज बुधबार सार्वनिक गरेको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात पाँच दसमलव एक प्रतिशतले वृद्धि भई ५० अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दसमलव छ प्रतिशत र शुन्य दसमलव आठ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५ दसमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान,धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको पाँच महिनामा कुल वस्तु आयात नौ दसमलव छ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब ५० करोड का...