Thursday, April 25
Shadow

Tag: नेपाल प्रहरी

१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिनुभयो । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको ...
अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता

अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानी समेत बढाइएको छ ।” नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तया...
नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?

नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?

समाचार, समाज
काठमाडौं, माघ २७ । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो। चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ। प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण(१ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण(२ महाराजगन्जमा भएको छ। त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो।यस्तै, हालसालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ। भुवनेश्वर तिवारीको १ नम्बर प्रदेश प्रहरी कार्यालय,...
नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २९ । गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक ९एसपी०लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसा मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल छन् । यस्तो छ सूची ...
९ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

९ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको हो । कात्तिक अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् । बढुवा सिफारिस गरिएकोमध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।...
सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

भिडियाे, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, पुष ३ यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ । सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ । हेर्नुहस् भिडियोसहित…. https://www.youtube.com/watch?v=l-KglEjiDVw&feature=emb_logo...