Friday, April 26
Shadow

Tag: नेकपा विवाद

नेकपा विवाद :  निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

नेकपा विवाद : निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो...
नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौं, पुष १२ सत्तारुढ नेकपा विभाजन भएसँगै नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर गुट परिवर्तन गर्ने खेल चलिरहेको छ । कतिपयले विरासत त्यागेर मन्त्री हुन राजी भएका छन् । तर पार्टीका इमान्दार नेता कार्यकर्तालाई भने नेकपा विभाजनले असाध्यै ठूलो चोट पुगेको छ । यही कुरा पुष्टि भएको छ धादिङमा । नेकपा धादिङका पुराना र स्वच्छ छविका मानिएका नेता नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गरेका छन् । उनले पार्टी फुटपछि आइतबार एक स्टाटस मार्फत् जीवनको पीडादायी निर्णय लिएको स्पष्ट पारेका छन् । पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो । हेर्नुहोस् उनको राजनीतिक सन्यासको घोषणासँगै सार्वजनिक सन्देश- जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...
नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...
नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ । सवैधानिक परिषद्को काम कर्तव्य संम्वन्धी ऐनमा संशोधन गर्न बनेको अध्यादेश...