Thursday, April 25
Shadow

Tag: नेकपा माओवादी केन्द्र

राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए  सांसद !

राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए सांसद !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् । सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्– नेपाली कांग्रेस आदिवासी जनजातितर्फ  १. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५, सपना राजभण्डारी ६ माया राई ७. कुसुम थापामगर ८ मनोरमा सेरचन खस/आर्यतर्फ  १. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराल...
गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दा...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।...
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

मुख्य समाचार, राजनिती, समाचार
१२ पुष,काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।...