Wednesday, April 24
Shadow

Tag: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोडे ह्वाइटहाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोडे ह्वाइटहाउस

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर ह्वाइटहाउस छोडेका हुन् । ट्रम्प आफ्नो बिदाई समारोहमा सहभागी हुन ज्वाइन्ट बेस आन्ड्रयुमा पुगेका हुन् । उनले त्याँहा बिदाई भाषण दिनेछन भने यो भाषणको यसअघिका राष्ट्रपतिको रुपमा गर्ने भाषणमा जस्तो रेकर्ड र टेलीप्रम्पटर हुने छैन । ट्रम्प पत्नी मेलानिया ट्रम्पसँगै फ्लोरिडा जाने बताइएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले केहि बेरमा शपथ लिदै छन् ।...
ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमाडौं , माघ १ । राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् । तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए । तल्लो सदनले सन् २०२० मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभ...
ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ । डेमोक्रेट सांसदहरुले सोमबार हाउस अफ रेप्रीजेनटेटिभमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने अन्तिम तयारी गरेका छन् । अमेरिकी संसदमा भएको आक्रमणपछि राष्ट्रपति ट्रम्पमाथि आफ्नो कार्यकाल नसकिदै पद छोड्न दबाब बढेको छ ।राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर र अन्य नेताहरुले ट्रम्पलाई राजीनामा दिएर अपराधिक आरोप लाग्नबाट बच्न सुझाव दिएका छन् । डेमोक्रेटहरुले यसैसाता ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारि स्वरूप् आफ्ना सबै सांसदअह्रुलाई वाशिंगटन पुग्न हवीप जारी गरेका छन् ।डेमोक्रेटहरुको ट्रम्पविरुद्धको महाअभियोगको लागि देशभर व्यापक समर्थन मिलेपनि रिपब्लिकन सिनेटरहरुले भने अहिलेसम्म महाअभियोगको पक्षमा मतदान गर्ने बताएका छैनन् । तर केहि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन ...
ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उहाँ समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो । खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’ यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।...
अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत आफू सत्ता हस्तान्तरणका लागि तयार रहेको जनाएका हुन् । अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको बिबिसीले जनाएको छ । मैले अमेरिकी संसद् (क्यापिटल बिल्डिङ)मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ, उनले भनेका छन् । ट्रम्पले हिंसामा संलग्न आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरू कारबाहीको भागिदार हुनुपर्ने बताए ।...
ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

ट्रम्पको चर्को आलोचना, तत्काल राष्ट्रपतिबाट हटाउन माग, महाअभियोग लगाउन सकिने चेतावनी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन्।सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी छन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् ।ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्।सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो।उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे। उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा...
फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएका छन् । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’ ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसदमै हतिय...
हार स्विकार्न तयार ट्रम्प

हार स्विकार्न तयार ट्रम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
वासिंगटन अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए । नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु । अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बता...