Saturday, April 27
Shadow

Tag: चोलेन्द्र शमशेर जबरा

मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : चोलेन्द्र शमशेर जबरा

मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : चोलेन्द्र शमशेर जबरा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा पेसी व्यवस्थापनका विषयमा उल्लेख्य काम गरेको बताएका छन् । जबराले बयानका क्रममा भने, 'मेरै नेतृत्वमा मेरै कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला भए । अर्बौंको करको मेरो नेतृत्वमा सरकारीकरणसमेत भएको छ । मेरै नेतृत्वमा सरकारी जग्गाका विषयमा समेत निर्णय गर्नुपर्‍यो । धोबीखोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको छ "।धेरै संवैधानिक प्रश्नहरूको निराकरण गरिएको पनि उनले बताए । सर्वोच्चमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले एनसेललाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सुरुमा टेलियाले नेपाल छाडिसकेको अवस्थामा तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्व आजियाटा र एनसेलको जिम्मेवारी भएको फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको ...
वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

समाचार
२ मंसिर, काठमाण्डौं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानन्यायाधीशविरुद्ध आन्दोलन बन्द गर्ने चेतावनी दिँदै बार परिसरमा प्रवेश गरेकाहरूबीच भडप भएको छ। प्रहरी पुगेर स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोकेको थियो। प्रहरीले कानुन व्यवसायीसँग भिड्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको छ। वकिलहरूका विरुद्ध अपशब्द बोल्दै बार परिसरमा पुगेकाहरू ले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन नरोके ‘कालो कोट च्यातिदिने’ धम्की दिएका थिए। त्यसपछि कानुन व्यसायीहरू उनीहरूमाथि आक्रोशित भएका थिए। वकिलहरूलाई धम्क्याएपछि पक्राउ गरेको तीनजनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।।...