Tuesday, March 19
Shadow

Tag: गोली

सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , चैत ११ । म्यान्मारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ । फेब्रुअरी १ को सैनिक कूु पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ । सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यान्मारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यान्मारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ । सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् । बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय ...
बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ २४ । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसीरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।...
कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, पुस २१ । कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। गोली लागेर १ नेपाली घाईते भएको बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए। स्थानीयको भनाईमा भने भारतिय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।...