Thursday, March 28
Shadow

Tag: गठबन्धन

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याउनुभएको छ । प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः ...
गठबन्धनले लोकतन्त्र जोगाउन  – शिक्षामन्त्री पौडेल

गठबन्धनले लोकतन्त्र जोगाउन – शिक्षामन्त्री पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरताति र जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँ बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गर्नुभयो । “देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो, “दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।” मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सत्ता गठबन्धनले नै जित्ने दाबी गर्नुभयो । ...
गठबन्धन आजको आवश्यकता –  डा.शेखर कोइराला

गठबन्धन आजको आवश्यकता – डा.शेखर कोइराला

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो ।नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नेता डा. कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले जनतासँग ...