Thursday, March 28
Shadow

Tag: कोरोनाविरुद्ध खोप

फागुनभित्रै नागरिकलाई कोरोनाविरुद्ध खोप दिइने

फागुनभित्रै नागरिकलाई कोरोनाविरुद्ध खोप दिइने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फागुन २४ देखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिलाई राखेको छ । यस्तै, तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन् । आइतबारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।...
कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । कोरोनाविरुद्धको खोप अभियानको आठ दिनसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको ल...
कोरोनाविरुद्ध खोप अभियान :  चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ६४ हजार ४२२ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चौथो दिन १४ हजार ८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जस अनुसार प्रदेश १ मा १५४७, प्रदेश २ मा २११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकी प्रदेशमा १८८७, लुम्बिनी प्रदेशमा २०६३, कर्णाली प्रदेशमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप...
कोरोनाविरुद्ध खोप अभियानको तेस्रोदिन : ४६ हजार १९७ जनाले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियानको तेस्रोदिन : ४६ हजार १९७ जनाले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ १६ । कोरोनाविरुद्धको खोप अभियानको तेस्रो दिनसम्म देशभर ४६ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ४६ हजार १९७ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप प्राप्त गरेका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १९ हजार ...