Friday, April 26
Shadow

Tag: काठमाडौं

काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Uncategorized
काठमाडौं , पुस २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो । ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन भनेको छ । सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो । ...
काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १४ । काठमाडौंमा यो वर्षकै धेरै चिसो महशुस गरिएको छ । आज काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शनिबार बिहान १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । सोमबार बिहान २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंको मंगलबार दिउँसोको तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैबीच जुम्लामा सोमबार बिहानको तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।  ...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...