Friday, April 26
Shadow

Tag: काठमाडौं महानगर

आजदेखि एक हप्ता काठमाडौं महानगरले  फोहोर नउठाउने

आजदेखि एक हप्ता काठमाडौं महानगरले फोहोर नउठाउने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं महानगरपालिकाले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जानकारी दिएको हो । सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक,...
काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

ब्यानर समाचार 2
राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।  उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । ...
अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचे...
क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

आर्थिक, खेलकुद
काठमाडौं , माघ २१ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको उनको भनाइ छ । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्...
काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २४ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।  यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमति अनुरुप महानगरपालिकाले बत्ति जडानको प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए । ‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उनले बताए ।उ...
काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काठमाडौँ महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्न लागेको छ । २६ औं महानगर दिवसबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको समन्वयमा यो अभियान शुरु गर्न लागेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि विशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो,’ उनले भने । अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोभिड संक्रम...