Thursday, April 25
Shadow

Tag: कमल थापा

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पुर्याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्...
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे । ०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...
अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं :  कमल थापा

अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थपाले संसद्‍मा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा कसैले पनि दबाब र प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका छन् । अध्यक्ष थापाले ट्विटरमा लेखेका छन् - संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो। प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ। सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्ने काम कतैबाट हुनु हुँदैन,.  ...
लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो :  कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् । चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे । थापाले देश अभिभावक विहिन भएको , बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावि भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे । ुसम्वर्द्धनवादुको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उहाँले पार्टीलाई राष्ट्रवादीरप्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोग...
कमल थापाद्वारा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको घटनाको भत्सर्ना

कमल थापाद्वारा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको घटनाको भत्सर्ना

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गरेका छन् । नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको गरेको थियो । अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । उनले भनेका छन्- कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र द...
पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् । शनिबार बिहान ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेर शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु । तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना ।’ पछिल्लो समय नेकपा पार्टी विभाजन भएपछि यति बेला विभिन्न राजनीतिक...