Thursday, March 28
Shadow

Tag: एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसक्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसक्नुभएको छ । जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् । समानुपातिकतर्फ एमाले अगाडि समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ ।हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट...