Thursday, April 25
Shadow

Tag: उँखु किसान

उखु किसानद्वारा  फेरि आन्दोलनको घोषणा ,  सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको...
सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालय र उखु किसानबीच भएको सम्झौता अनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने हो । तर, साँझसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ । उद्योग मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको छ । उखु किसानका संरक्षक राकेश मिश्रले किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको बताए । ‘सरकारले तोकेको समयभित्र रकम उठाइदिन सकेन । यद्यपि, उठाउनुपर्ने रकम उद्योगीबाट जफत गरेर राखिएको छ भन्ने कुरा उद्योग मन्त्रालयले भनेको छ,’ मिश्रले भने, ‘तर, त्यसको भरपर्दो प्रमाण केही पाएका छैनौं । अहिलेसम्म कति किसानले रकम ...
उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । उखु किसानले चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गरेका छन् । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको ओझाले बताए । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका थिए ।  ...
कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

आर्थिक, कृर्षि, ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, पुष ११ करिब एक महिना अगाडिबाट माइतिघर मण्डलमा न्यायका लागि धर्ना बसेका उखु किसान आजसम्म माइतिघर मण्डलमा व्यानरका साथ धर्ना बसिरहेका छ्न। सरकारले न्यायको लागि पहल गरिने बताएको छ तर किसान अघिल्ला बर्ष जस्तै सरकारी तहबाट हुने पहल आशा मात्रै हुने भन्दै धर्ना बसेको बताउछ्न। सानो छ खेत सानो बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान, तपाईं हिटर तापेर पैसा ल्याइदिनु हामिलाई चप्पलमा नै न्यानो हुन्छ सरकार, जस्ता भनाइका व्यानर टासेर धर्नामा रहेका किसानका आर्थक बर्ष २०७१्७२ मा नेपाल सरकारले गरेको अनुदान रकम रु २५ प्रती क्विन्टल कार्यन्वयन गर्ने, २०७२्७३, २०७३्७४ मा नेपाल सरकारले निर्णय गरेको दर अनुसारको बक्यौता रकम किसानलाई फिर्ता गर्ने लगाएतका माग राखेका छ्न। ...
काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

आर्थिक, कृर्षि, मुख्य समाचार, समाज
ललित संज्याल/काठमाण्डौँ, मंसिर ३० काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् । गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन । बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ । बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै...