
ओलीविरुद्ध थप रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ फागनु १९ । । नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल-नेपाल समूहको माग छ ।
तर यता प्रधानमन्त्री ओलीले राजीनामा नदिए अडान लिरहेका छन् । यसपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको यो समुहले जनाएको छ ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।...