Thursday, April 18
Shadow

Tag: निर्वाचन

मतदान केन्द्रको नेतृत्व महिलालाई

मतदान केन्द्रको नेतृत्व महिलालाई

निर्वाचन विशेष, ब्यानर समाचार 2
 जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् । जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो । दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । ...
७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनुभयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो । ...
मदिराजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रोक

मदिराजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रोक

निर्वाचन विशेष, ब्यानर समाचार 2
सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजो शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । “निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन”, उहाँले भन्नुभयो, “मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।” उक्त निर्णयको ...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।...
चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिनुभएको हो । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उहाँले भन्नुभयो । प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिनुभयो । उहा...
नमूना मतदान सबै पालिकामा

नमूना मतदान सबै पालिकामा

निर्वाचन विशेष, ब्यानर समाचार 2
 स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिनुभयो । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उहाँको भनाइ थियो । त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ । जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो । मङ्सिर ४ गतेको चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताउनुभयो । त्यस्तै सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउन...
हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पु¥याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिनुभयो । “आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ”, आचार्यले भन्नुभयो । प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उहाँले बताउनुभयो । गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ...
एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने

एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । ...
निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।...
काभ्रेमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

काभ्रेमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिनुभयो । यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेक...