Thursday, April 23
Shadow

Month: January 2025

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

ब्यानर समाचार 2, मौसम
काठमाडौँ, २२ पौष अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उहाँको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा म...
शेयर बजारमा ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार

शेयर बजारमा ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार

सेयर मार्केट
  काठमाडौँ, २२ पौष  शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज ९नेप्से० परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्...
प्रहरी निरीक्षक खत्री र चन्दलाई सम्मान 

प्रहरी निरीक्षक खत्री र चन्दलाई सम्मान 

समाचार
कपिलवस्तु/कृष्णानगर  कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक सुरज खत्री, ईप्रका गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्द, र सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेलाई अप्सरा मिडिया प्रा.लि.ले सम्मान गरेको छ। कृष्णानगर, गणेशपुर क्षेत्रमा असामाजिक तत्वहरूलाई नियन्त्रणमा राख्दै मोहम्मद डे, दुर्गा माताको प्रतिमा विसर्जन, लक्ष्मी माताको प्रतिमा विसर्जन, र मोहर्रम मेला जस्ता चाडपर्वहरूलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा उहाहरूलाई सम्मान गरिएको हो। जनप्रतिनिधि, सामाजिक व्यक्ति र सम्बन्धित निकायसँग समन्वय गरेर यी चाडपर्वहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराइएको थियो। अप्सरा मिडियाका सञ्चालक शहबाज खानले कृष्णानगर, गणेशपुर क्षेत्रमा केही असामाजिक तत्वहरूको कारण चाडपर्वको...
माओवादी केन्द्र ककनी गाउँपालिकाको ४५ सदस्यीय नयाँ समिति, अध्यक्षमा श्रेष्ठ

माओवादी केन्द्र ककनी गाउँपालिकाको ४५ सदस्यीय नयाँ समिति, अध्यक्षमा श्रेष्ठ

समाचार
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ककनी गाउापालिकाको अध्यक्षमा रामहरि श्रेष्ठ निर्विरोध निर्वाचत भएका छन् । शनिबार सम्पन्न ककनी गाउँपालिकाको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको हो।
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्। कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य ...
नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका...
व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

समाचार
कपिलवस्तु, पुस १७ कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्। अध्यक्ष पदका पांच उमेदवार मध्ये प्रबल उमेदवार रहेका रितेश शर्मा पनि आज आफ्नो व्यापारी टोली सहित कृष्णनगर बजारमा प्रत्येक पसल हरूमा गएर आफ्नो चुनावी ऐजेंडा सहित आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उहांले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी व्यवसायी लाई अनुरोध गर्दै आफू सधैं व्यापारी हरूका लागि चौबिसै घण्टा साथमा खडा रहने बाचा गरेका एक जना व्यवसायीले बताए। उहांले आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रो संग चलायमान गराई व्यापारी हरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारी हरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उ...