Thursday, April 23
Shadow

Month: November 2024

तार्केश्वर नगरपालिकाले मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने

तार्केश्वर नगरपालिकाले मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ — तार्केश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने भएको छ । ५३ विद्यालयका ३ हजार ४ सय ५४ विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुने बिषयमा शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । तार्केश्वर - ६, पैयाँटारस्थित सन फ्लावर एकेडेमीमा तेक्वान्दो खेलाइनेछ भने बास्केटबल तार्केश्वर–१०, मनमैंजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तार्केश्वर–१० स्थित जीफोर ब्याडमिन्टन हल र टेबलटेनिस तार्केश्वर–४ स्थित सिर्जना ज्ञानसागर स्कुलमा खेलाइने छ । फुटबल, भलिबल र कबड्डी तार्केश्वर–९, मनमैंजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित एपीएफको मुख्यालय तथा कराते र उसु तार्केश्वर–९ स्थित अजिमा कभर्डहलमा हुनेछ । आयोजक नगरप...
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

समाचार
  कृष्णनगर, कपिलवस्तु, मंसिर १२ सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र रु.१,९५,११८।- (एक लाख पन्चानब्बे हजार एकसय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको छ। कपिलवस्तु जिल्लाको कृष्‍णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। कैद भुक्तानको लागी कारागार कार्यालय त...
हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको:- मिर्जा राशिद 

हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको:- मिर्जा राशिद 

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका सदस्य मिर्जा रासिद बेगका अनुसार कतिपय हजयात्रीहरूले जानकारीको अभावका कारण विभिन्न समस्याहरू झेल्नुपरेकोले यस्ता सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बेगले विगतको तुलनामा हाल हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको जानकारी दिँदै, हज यात्राका क्रममा महत्वपूर्ण नियमहरूको पालना गर्नुपर्नेमा जोड दिए। नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले हजयात्रीहरूको सुविधाका लागि सुधारिएको सेवाबारे चर्चा गर्दै, विगतमा उठेका आलोचनाहरूलाई सम्बोधन गर्दै समितिले अहिले पारदर्शी रूपमा काम गरिरहेको बताए। कार्यक्रममा प्रतिनि...
माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, मंसिर, ८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्। जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्। उहां प्रदेश सदस्यमा मनोनीत भए पछि पार्टी समर्थक नेता तथा कार्यकर्ता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीका पदाधिकारी हरूले उहां लाई बधाई दिएका छन्। प्रदेश सदस्यमा चयन भए पछि बधाई दिदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले बताए की जाबेद आलम माओवादी केन्द्रका एक होनहार जुझारू नेता हुन। साथै उहां लामो समय देखि नगर अध्यक्ष पदमा रही पार्टी र पार्टी समर्थक नेता कार्यकर्ताको आफू बाट हुन सक्ने हरेक दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्छन्। उहांको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिए।...
इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रांगणमा दुर्गा मन्दिरको शिलान्यास

इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रांगणमा दुर्गा मन्दिरको शिलान्यास

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु ,मंसिर ३ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रांगणमा दुर्गा मन्दिरको आज शिलान्यास गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री तथा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले आज पूजा पाठ गरेर शिलान्यास गरेका हुन्। प्रहरी कार्यालयमा दुर्गा मन्दिर हुनु पर्नेमा यस इप्रका मा नरहेकाले वडा कार्यालयको सहयोगमा दुर्गा मन्दिर निर्माण गर्न लागिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुरज खत्रीले जानकारी दिए। इलाका प्रहरी कार्यालय कृष्णनगरमा दुर्गा मन्दिर नरहेकाले आफूले दुर्गा मन्दिर निर्माणका लागि वडाको बजेट बाट दुई लाख पचास हजार रकम छुट्याइएको तथा अरु निर्माणमा लाग्ने अपुग रकम समेत वडा बाट छुट्याइने वडाध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिए। शिलान्यास कार्यक्रममा उद्योग वाणिज्य संघ कृष...
नगर प्रमुख शाहको अथक प्रयासले राघवेन्द्र गौरव बहुमुखी क्याम्पसमा पठनपाठन सुरु

नगर प्रमुख शाहको अथक प्रयासले राघवेन्द्र गौरव बहुमुखी क्याम्पसमा पठनपाठन सुरु

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर ,मंसिर २ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उच्च शिक्षाको अवसर प्रदान गर्न बहादुरगन्जस्थित राघबेन्द्र गौरव बहुमुखी क्याम्पसले आजदेखि औपचारिक रूपमा अध्ययन अध्यापन सुरु गरेको छ । क्याम्पसको स्थापनाले यस क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो घरमै उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको छ । क्याम्पस कक्षा उद्घाटनका क्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख तथा क्याम्पसका संरक्षक रजत प्रताप शाहले यस क्षेत्रका विद्यार्थीहरूका लागि उच्च शिक्षाको पहुँच अभिवृद्धि गर्न क्याम्पसको स्थापनाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले क्याम्पस सञ्चालनसँगै विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको र यसले सामाजिक, आर्थिक रूपमा पनि परिवारलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । क्याम्पसका अध्यक्ष वैभव प्रताप शाहले क्याम्पस स्थापना स्थानीयको लामो समयदेखिको चाहना पूरा गर्ने लक्ष्यका साथ गरिए...
लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री, १३ हजार ट्रामाडोल सहित मानिस पक्राउ

लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री, १३ हजार ट्रामाडोल सहित मानिस पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, कपिलवस्तु, कार्तिक २८ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै लागु औषधको जालो तोड़न् प्रहरी निरिक्षक सुरज खत्री लागिपरेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आए देखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्ति हरू पक्राउ गरि मुद्दा चलाएका छन्। प्रहरी निरिक्षक खत्री इलाका प्रहरी कार्यालय कृष्णनगर आए देखि ठूलो मात्रामा लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न हरेक सम्भव प्रयास गरि लागु औषध मुक्त समाज निर्माण गर्ने अभियान संचालन गर्दै आएको समाजसेवी हरू बताउछन्। सोही क्रममा मंगलवार बेलुका ९ :३० बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ हनुमानढी बा...
उद्योग वाणिज्य संघ कृष्णनगरको साधारसभा तथा अधिवेशन पुष १ गते

उद्योग वाणिज्य संघ कृष्णनगरको साधारसभा तथा अधिवेशन पुष १ गते

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, कृष्णनगर कार्तिक २६ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको उद्योग वाणिज्य संघ कृष्णनगरको कार्यालयमा बसेको उद्योग वाणिज्य संघ कृष्णनगर कार्यसमितिको बैठकले यहि पुष १ गते साधारण सभा तथा अधिवेशन हुने जानकारी उद्योग वाणिज्य संघ कृष्णनगरका बरिष्ठ उपाध्यक्ष नसिब हुसेनले जानकारी दिए। कोभिड १९ को कारण सहित उद्योग वाणिज्य संघको भवन मर्मत तथा सुन्दरीकरणको कामले गर्दा समयमै साधारण सभा गर्न नसकीयता पनि आजको बैठकले ढिलो नगरी २०८१ पुष १ गते अधिवेशन तथा साधारणसभा गर्ने निर्णय गरेको छ। पटक पटक सदस्यता नविकरणको कार्य लाई निरन्तरता दिदै आए पनि केही सदस्यको नवीकरण बाकी रहेकाले अन्तिम पटक सूचना प्रकाशित गरि सदस्यता नवीकरणको अन्तिम नविकरण मिति प्रकाशित गरि सोही समय भित्र नविकरण भएका सदस्य हरुको अधारमा अन्तिम नामावली लाई आधिकारिक मानेर अधिवेशन गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ कृष्णनगरका अध्य...
प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु जिल्ला अधिवेशन सम्पन्न संयोजकमा मोदनवाल चयन

प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु जिल्ला अधिवेशन सम्पन्न संयोजकमा मोदनवाल चयन

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, कार्तिक २५ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज राष्ट्रीय प्रजातंत्र पार्टीको भातृ संगठन राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ। राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरीया,तथा यूवा संगठनका केन्द्रीय संयोजकको आथित्यमा राष्ट्रीय प्रजातांत्रिक यूवा संगठनको जिल्ला अधिवेशन सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सम्पन्न जिल्ला अधिवेशन बाट सुनिल मोदनवालको संयोजकत्वमा सत्रा सदस्यि जिल्ला कार्य समिति गठन भएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले जानकारी दिए। मोदनवालको संयोजकत्वमा उपाध्यक्षमा कृष्ण पुन, इतिहाद अहमद, सचिवमा राहुल मोदनवाल, सह सचिवमा खेमराज पौडेल, कोषाध्यक्षमा अभिषेक भुषाल, लगायत १७ सदस्यि कपिलवस्तु जिल्ला राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।...
मानव अधिकारबादी प्रा. कपिल श्रेष्ठ सम्मानित

मानव अधिकारबादी प्रा. कपिल श्रेष्ठ सम्मानित

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा प्रत्येक बर्ष झैं यस बर्षमा सर्वमान्य नेता गणेशमान सिंहको जन्मदिनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष माननीय भीमसेनदास प्रधानज्युको सभापतित्वमा मानव अधिकारको क्षेत्रमा बिषेश योगदान पुर्याउनु हुने प्रा. कपिल श्रेष्ठ लाइ सम्मान गरियो । उक्त कार्यक्रममा माननीय कृण्ण प्रसाद सिटौलाज्यु , बरिष्ठ अधिबक्ता शम्भु थापाज्युको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन श्रीजना अधिकारीज्युले गर्नु भएको थियो । कार्यक्रमा बिशिष्ठ महानुभावहरुको पनी बिषेश सहभागिता रहेको थियो ।...