कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व “छठ पर्व”
अजय मिश्र, कपिलवस्तु, कार्तिक २२
मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो।
देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत विहिवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जि...

