Saturday, April 20
Shadow

शिक्षा

८४३ जनाका लागि खुल्यो सुब्बामा जागिर

८४३ जनाका लागि खुल्यो सुब्बामा जागिर

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, पुस २९ । लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ । जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोकसेवा आयोगले जनाएको छ । बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको ...
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

ब्यानर समाचार, शिक्षा, समाचार
काठमाडौँ , पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरेको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । यस अघि सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । सर्वोच्चले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हो ।प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो। भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्...
बालविवाह विरुद्ध धर्मगुरुहरूको सामुहिक प्रतिबद्धता

बालविवाह विरुद्ध धर्मगुरुहरूको सामुहिक प्रतिबद्धता

शिक्षा, समाचार, समाज
कृष्णनगर, पुस २६ कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचालित कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएक...
त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौं, पुस २५। .त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। विश्वविद्यालय र संघबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह ९करार०मा नियुक्ति दिने सहमति भएको छ। यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्। संघका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। सहमत...
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

मुख्य समाचार, शिक्षा, समाचार, समाज
. काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए ।...
कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा
काठमाडौं, पुस २५ । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ । सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो । असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थ...
काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

शिक्षा, समाचार, समाज
  काठमाडौँ, पुस २४ । कोरोना भाइरसको महामारीपछि सरकारले लगाएका सबै प्रतिबन्ध फुकुवा गरिसके पनि काठमाडौँ महानगर क्षेत्रका सबै विद्यालय अझै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात्रै विद्यालय सञ्चालनको अनुमति दिएको छ । महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए ...
पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

शिक्षा, समाचार, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु , पुस २२ कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन। जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा क...
कक्षा ११ :  सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
इलाम–, पुस २२ । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्...
शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज
काठमाडौं , पुस २१ । शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो । सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्...