सर्लाहीमा बीपी कोइरालाको ४३औँ स्मृति दिवस मनाइयो, नेता सिंहद्वारा योगदानको स्मरण
श्रावन ६ गते
सर्लाही । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेस सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाद्वारा पार्टी कार्यालय भवानीपुरमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले बीपीको योगदानको स्मरण गरेका हुन् ।
पार्टी सभापती लालबाबु महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका नेपाली कांग्रेस उपसभापति एवं संगठन विभाग प्रमुख तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । नेता सिंहले बीपीको तस्बिरमा माल्यार्पण गर्दै नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले गरेको कठोर संघर्षको स्मरण गरे ।
‘विसं २०३९ साउन ६ गते निधन हुनुभएका बीपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याउनुभयो,’ नेता सिंहले भने, ‘उहाँ नेपाली ...









