Sunday, May 19
Shadow

राजनिती

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

ब्यानर समाचार, राजनिती, सुचना प्रविधि
  काठमाण्डौँ, कार्तिक ११ राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो। 'कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक सञ्जाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ। हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं,' कार्यालयले भनेको छ।...
परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
  काठमाण्डौँ, कार्तिक ८ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्। ‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजि...
पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ७ पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीले जनाएको छ । झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मुकेश चौरसियाको शुक्रबार विहान निधन भएको प्रहरीले बताएको छ । बाँकी तीनजना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।...
नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ६ अखिल नेपाल भिक्षु महासंघले लुम्बिनी प्रदेशका नव नियुक्त शहरी बिकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई आज स्थानीय आनन्दकुटी विहारमा स्वागत, बधाई तथा शुभासिस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका संघनायक बोधिसेन महास्थविर, अखिल भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविर तथा सदस्य भिक्षु तपस्सिधम्म महास्थविरले पुष्प गुच्छाले स्वागत गरेको थियो भने महासंघका महासचिब कौदन्य महास्थविर तथा सचिब राहुल महास्थविरले खादा ओढाउनु भएको थियो। मन्त्री श्रेष्ठले मुख्य विहार तथा सिमा गृहमा बुद्ध भगवान समक्ष दिप प्रज्वलन गर्नु भै पुष्प गुच्छा चढाउनु भएको थियो भने सिमा गृहमा अखिल नेपाल भिक्षु महासंघका सहभागी भिक्षुहरुले परित्रान पाठ गर्दै नव नियुक्त मन्त्रिलाई बधाई तथा शुभासिस दिनु भएको छ । आधिकारिक रुपमा संचालित उक्त कार्यक्रम अनुसार भिक्षु महास...
तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ५ नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ इकाई समिति द्वारा आयोजित कार्यक्रममा २६ नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसम प्रवेश गरेका छ्न । वडा नम्बर ३ का इकाई सभापति दिपेस शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाको प्रमुख अथिती रहेका थिए भने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य ,लागयत नेताहरुको बिशेष उपस्थिती रहेको थियो । नेकपाका लाल बहादुर तामाङ लगाएतले पार्टी प्रवेश गर्दै अब तारकेश्वरमा नेपाली कांग्रेसको बिकल्प नभएकोले आफुहरु नेकपा परित्याग गरेर कांग्रेसमा आएको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाले नव आगन्तुक कार्यकर्ताहरू लाई स्वागत गर्दै बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना ब्यक्त गरेको नेबिसंघका नेता दिपेन्द्र ढकालले बताए । साथै उक्त कार्यक्रममा खेलकुद सामाग्री पनि बितरण...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ५ राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।...
यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

ब्यानर समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् । यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।...
जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्। "कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं," शर्माले घोषणा गर्दै भनेका छन्, "दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।" यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घो...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
कर्णाली विवादबारे आज पनि छलफलमा ओली-प्रचण्ड

कर्णाली विवादबारे आज पनि छलफलमा ओली-प्रचण्ड

राजनिती
काठमाण्डौँ, असोज २८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ। मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ। सोही विवाद छलफलका लागि प्रचण्ड ९:१५ तिर बालुवाटार पुगेका थिए।कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली-प्रचण्डबीचको नियमित छलफलकाे एजेण्डा ओझेलमा परेको छ। गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम...