
बर्षातका बाटाहरु
जब हिलोको गन्ध आउन थाल्छ तब सुरु हुन्छन झ्याउँकिरिका झ्याँइझ्याँइ,भ्यागुताका ट्वारट्वार अनि गाउँमा सुरु हुन्छ असार । भाखाहरु घन्किन थाल्छन । बर्षातीहरु तयारी हुन थाल्छन ,अनि सुरु हुन्छ असार ।
खेतको बिचमा मात्र हरियो हुन्छ । केही थान टाउकाहरु कोदालीले डिल हाल्दै देखिन्छन केही थान राता लुगा लगाएका टाउकाहरु घाँसका भारीका साथ उकाली लाग्छन । अनि सुरु हुन्छ असार ।
धिप धिप पानीका फोकाहरु,खहरेका सुसेलीहरु अनि बियाढका बिउ माथीको हावाको बयली, साच्चै असार बर्षातको समय हो । कसैले बनाउन नसक्ने बाटाहरु बर्षातले बनाउँछ । कसैले फुटाउन नसकेका चट्टान बर्षात ले फुटाउछ । खहरेलाई बाटो खहरेले बनाउछन,खोलाहरुले बालुवाका भुल्काहरुलाइ आफुसँगै अनन्त यात्रामा लिएर जान्छन । बर्षातका बाटाहरु नत कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । अनन्त यात्रामा निस्किएका बर्षातहरु धर्तीलाई सिँचित गर्छन र त असार आउँछ । गोठाला र ...