Thursday, May 21
Shadow

ब्यानर समाचार

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागनु २२ । १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरेका छन् । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो । परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको...
मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाँदै

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाँदै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ । मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै स...
संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २२ । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’ राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सां...
पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागनु २२ । मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।...
यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

ब्यानर समाचार, राजनिती
  काठमाडौं, फागुन २१ । सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिका बुँदा १ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं। २ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ। ३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ। हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस...
नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने  भयो

नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने भयो

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, फागुन २१ । नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।...
विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो :  प्रधानमन्त्री ओली

विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले साहसिक काम गरेको बताएका छन् । सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताले शान्ति चाहेको बताउदै देशलाई समृद् बनाउन शान्तिपूर्ण वातावरण चाहिने बताए । प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रदेश गरेको बताउदै नेपालमा हिंसात्मक द्वन्द नरहेको बताए । विप्लवले यसै साहसिक कदमबाट जनताको मन जितेको बताउदै प्रधानमन्त्री ओलीले सेफ ल्याण्डीङ गरेको बताए । प्रधानमन्त्री ओलीले यो फोर्स ल्याण्डीङ, क्रयास ल्याण्डीङ नभएर सेभ ल्याण्डीङ गरेको टिप्पणी गरे ।...
ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २१ । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट समेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो । संसद् पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन । सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहला...
दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित

दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ। संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो। सो समूहले बुधबार केन्द्रीय कमिटी बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो। त्यसै अनु...
प्रधानमन्त्री ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् । बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् । यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको ...