Friday, March 29
Shadow

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाँदै


  • -इ
  • इ+

काठमाडौँ , फागुन २२ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ ।

मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै सार्वजनिक सूचनामार्फत काठमाडौंका स्थानीयलाई सचेत गराइसकेको छ । सुन्दरीजलदेखि बल्खुसम्म नै परियोजनाले स्थानीयलाई नदी आसपास नजान सतर्क गराएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares