भूकम्प पीडितलाई छिटो भन्दा छिटो छानामुनि ल्याउन सरकार केन्द्रित छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणको कामलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउनु भएको छ ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा गृहमन्त्री श्रेष्ठले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरुलाई छिटो भन्दा छिटो छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताउनुभयो ।
चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन भनेर जिल्ला सुरक्षा समिति मार्फत सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको जानकारी दिनुभयो ।
भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखेर अन्तरमन्त्रालय...









