Thursday, May 21
Shadow

ब्यानर समाचार

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

ब्यानर समाचार, मनोरञ्जन, समाचार, समाज
काठमाडौ,मंसिर १८ केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ ।...
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर १८ टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ । त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि...
आज १४९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६५४७

आज १४९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६५४७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १७ पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ। आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो । तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए । पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् ।...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो । कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...
पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्। मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक-सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए। बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए। पशुपतिका धार्मिक-सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न-गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्। पशुपति विक...
त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १६ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा.डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’ भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए tuन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ । त्...
अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १६ नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।...
सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाण्डौँ, मंसिर १६ कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीको जोखिम अझै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ । त्यस्तै जोखिम अ...