Wednesday, April 17
Shadow

आज १४९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६५४७


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर १७
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares