Thursday, May 21
Shadow

ब्यानर समाचार

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर, ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर, ८६ सेन्टिमिटर बढ्यो

ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो । यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८...
बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सी...
राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक

ब्यानर समाचार, राजनिती
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । देशका विभिन्न ठाउमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार दिउसोको लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो । एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको बृहत् प्रदर्शन भएको थियो । हिजो मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए ।...
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २२ नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।...
नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

आर्थिक, ब्यानर समाचार, राजनिती
  काठमाडौ,मंसिर २२ आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ ।त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा अवसरहरु रहेको नयाँ परराष्ट्र नीतिमा उल्लेख छ । सरकारले तयार पारेको नयाँ नीतिमा उल्लेख गरिएका चुनौती र अवसरहरु यस्ता छन्– चुनौतीहरु परिवर्तनशील र तरल क्षेत्रीय एवं विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुसार वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने नेपालको अन्तराष्ट्रिय सिमानाको रक्षा गर्ने परराष्ट्र सम्बन्ध सन्चालनमा सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य, सहयोग लिई एकीकृत राष...
शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २१ नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो। सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन्। यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ। यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान नि...
राजसंस्था पुर्नवहालीको माग गर्दै २६ गते राजधानीमा प्रदर्शन गर्ने

राजसंस्था पुर्नवहालीको माग गर्दै २६ गते राजधानीमा प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौँ, मंसिर २१ राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्थ...
ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ब्यानर समाचार, राजनिती, समाचार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। १ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्। बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्। पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठकमा सहभागी हुने कुनै कार्यक्रम नरहेको जानकारी दिए।...
जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...
डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जना घाइते भएका छन् । शनिबार राति दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, नाम नखुलेकी ५५ वर्षकी महिला र अन्दाजी तीन वर्षका एक बालक रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...