Friday, April 26
Shadow

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक


  • -इ
  • इ+
काठमाडौ,मंसिर २२

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

देशका विभिन्न ठाउमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार दिउसोको लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो ।

एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको बृहत् प्रदर्शन भएको थियो ।

हिजो मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares