Thursday, May 21
Shadow

ब्यानर समाचार

निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, पुष २८ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन्। 'स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्', उनले भने, 'त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन।' शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए।...
आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २८ । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रस्टरुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारीसमेत गराएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । ‘अरु कसैले नेकपा पार्टीको नाममा केही मानिस बसेर गर्ने क्रियाकलाप रोकिनुपर्छ, विधान, ऐन र नियम मिचेर केन्द्रीय समिति विस्तार गर्ने र आयोगले त्यसलाई मान्यता दिने कुरा उपयुक्त हुँदैन,’ उनले भने, ‘नेकपाको नाममा पार्टीले कारबाही गरेको व्यक्तिलाई पत्राचार गरिनु गलत हो ।’ प्रचण्ड–माधव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसारै विवादको समाधान गरिनुपर्ने दबाब आयोगलाई दिएको छ । ओलीलाई अध्यक्षबाट हटाएको र त्यस स्थानमा नेपाललाई अध्यक्ष बनाएको निर्णय दल दर्ता किताबमा अद्यावधिक...
तीन दिनसम्म वर्षाको पूर्वानुमानः पहाडी भेगमा आंशिक बदली

तीन दिनसम्म वर्षाको पूर्वानुमानः पहाडी भेगमा आंशिक बदली

ब्यानर समाचार, मौसम
काठमाडौँ, पुस २८ । आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ । वर्षासँगै देशका विभिन्न भू(भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २८ गते (मंगलबार) दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा...
प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता  (भिडियोसहित)

प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता (भिडियोसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २७ । । प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ। यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका हुन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिक...
चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २७ । गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्ल...
पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २७ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले २२औँ – २४औँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन् । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उ...
तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २७ । सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल(नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो । निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...
पृथ्वीजयन्तीःराष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ:  राष्ट्रपति

पृथ्वीजयन्तीःराष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ: राष्ट्रपति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन् । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सा...
प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइएको छ । नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ । बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए । ‘चार पूर्व प्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिले...