सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै आएको छ । राज्य दोहोन गरी सरकारी राजश्व र कर छली गरी अकुत सम्पत्ति आर्जन गर्नेहरुविरुद्ध अनुसन्धान गरी कावाहीको दायरामा ल्याउनुपर्ने निकाय सुस्ताएर बसेकै कारण मुलुकमा भने आर्थिक संकट गहिरिदै गएको छ । सम्पत्ति शुद्धीकरण निवारण गर्न तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीमुक्त समाज निर्माणका लागि विभागले प्रभावकारी कुरै छाडौं सामान्य भूमिका पनि निर्वाह गर्न सकिरहेको छैन ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सम्बद्ध कसुरको रोकथामका लागि आवश्यक कानूनी, संरचनागत, प्रक्रियागत र कार्यान्वयगत व्यवस्था गर्ने जिम्मा पनि विभागकै काँधमा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप राज्यको कानूनी, वित्तीय तथा...





