Thursday, July 23
Shadow

ब्यानर समाचार 2

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र/कपिलवस्तु, भाद्र २८ कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र हुदै ज...
सिपमुलक शिक्षा, आजको आवश्यकता  – अध्यक्ष पाण्डेय

सिपमुलक शिक्षा, आजको आवश्यकता – अध्यक्ष पाण्डेय

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र २४ कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए । कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए ...
कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार्यालयको छेउमा रहेको राम कृष्ण मन्दिरमा आज तिज महोत्सव कार्यक्रम समपन्न भएको छ। श्री राम कृष्ण मन्दिर संरक्षण समितिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं २ को सहयोगमा तिज महोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरु पूजा अर्चना तथा नाचगान गरि तिज मनाएको श्री राम कृष्ण मन्दिर संरक्षण समिति अध्यक्ष राम सुध गुप्ताले जानकारी दिए। श्री राम कृष्ण मन्दिर संरक्षण समितिका सचिव अमृत लाल गुप्ता कोषाध्यक्ष जगदीश गुप्ता लगायत सदस्य सत्य नारायण गुप्ता, प्रसान्त गुप्ता, कृष्ण कुमार, दिलिप गुप्ता, दीपक गुप्ता, दीपेन्द्र गुप्ता, संदीप गुप्ता, संदीप मोदनवाल, आशीष कौशल लगायतले महोत्सवको व्यवस्थापन तथा भक्तजन लाई प्रसादको व्यवस्था मिलाएका थिए। कार्यक्रममा आएका अतिथि हरु कृष्णनगर नगरपालि...
मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ । कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका  विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो । किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएक...
लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन्। सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारत बाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ।...
शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, भाद्र १६ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा शान्ति  पुनर्स्थापना गृह परिवार कपिलवस्तुले शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं २ को परदेशी होटलको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन। शान्ति पुनर्स्थापना गृहकी शुशिला खनालले स्वागत मन्तव्य राख्नुभयो।   शान्ति पुनः स्थापना गृहका  राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, प्रहरी वरिष्ठ नायब निरिक्षक सुमन खरेल, प्रहरी बरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, कृष्णनगर नगरपालिका महि...
कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर, भाद्र १४ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेश कुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजय कुमार गुप्ता लगायत,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिध...
कृष्णनगर नगरपालिकाको प्रमुख शाह र मुख्यमंत्री योगी विच भेटवार्ता

कृष्णनगर नगरपालिकाको प्रमुख शाह र मुख्यमंत्री योगी विच भेटवार्ता

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गर्नु भएको छ। मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा दुई पक्षबीच कृष्णनगरको विकास र सीमा क्षेत्रको सुविधाहरू विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। मेयर शाहले जानकारी दिएअनुसार, यो भेटमा मुख्य रूपमा कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधा विस्तार, नेपाल-भारत सीमा क्षेत्रसम्मको फोरलेन सडक निर्माण, तथा फ्लाईओभर निर्माणको सम्भावना जस्ता महत्वपूर्ण परियोजनाहरूको विषयमा चर्चा भएको छ। यी योजनाहरूले कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। शाहले बताए अनुसार, सीमा क्षेत्रको फोरलेन सडक र फ्लाईओभर निर्माणले नेपाल र भारतबीचको आवागमनलाई सहज बनाउनेछ। यसले व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्...
टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न

टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ -  टाेखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलकाे प्रमुख आतिथि तथा टाेखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी विशिष्ट आतिथि , टाेखा नगरपालिका उपप्रमुख मुरारी तामाङ आतिथि , टाेखा नगरपालिका वडा नं १ अध्यक्ष रमेशकुमार लामिछाने ,वडा ३ अध्यक्ष रमेश डंगोल, वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडा ६ काे वडा अध्यक्ष शान्ता खनाल , छत्रकाेट गाउँ पालिकका पुर्व अध्यक्ष , टाेखा नेवा: गुठिका अध्यक्ष रमेश नापित, टाेखा संस्कृति संररक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , टाेखा मुल नायके हेमराज श्रेष्ठ, टाेखाकाे पहिलाे वृत्तचित्र निर्देशक सानुकाजी थापाकाे उपस्थितिमा वृत्तचित्र निमार्ण सम्झाैता कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रमकाे स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बुद्ध श्रेष्ठले गर्नुभएको थियाे भने कार्यक्रम माथि प्रष्ट पार्नुहुदै संस्थाका अध्यक्ष कृष्णा ...
हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ – मिर्जा रसिद

हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ – मिर्जा रसिद

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । हज समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको सदस्य मिर्जा रासिदले बताउनुभएको छ। सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो । हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।...