Thursday, October 30
Shadow

ब्यानर समाचार 2

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, मंसिर २६ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमति पत्र (ट्रायल) नखोल्नका आन्तरिक छलफल भएको यातयात व्यवस्था विभागले जनाएको छ । चालक अनुमति (ट्रायल) खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र अधिकार हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातयात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ । यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरीक अनलाई सिस्टम बन्द गरेको थियो । विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।...
आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।...
मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ मोरङमा कोरोना भाइरस संक्रमित तीन जना वृद्ध पुरुषको मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो। तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ। दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो। त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो। उपचारमा संलग्न वरिष्ठ फि...
रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता  हुदै

रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता हुदै

खेलकुद, ब्यानर समाचार 2
  काठमाडौ, मंसिर २४ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।  धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् । ‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् ।  खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।...
नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २३ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्। आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।...
जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौ,मंसिर २३ अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी हुनुभएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना हुँदा बाइडेन नै विजयी घोषित हुनुभएको हो । सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछाडी पर्नुभएको छ । रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पार्नुभएको हो । रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको समेत बताइएको छ । यता ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरिसक्नुभएको छैन । राष्ट्रपतिमा निर्वाचित बाइडेनले आउँदो जनवरी २० मा अमे...
नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २२ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्। आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।...
थप १०९६ जनामा कोरोना संक्रमण, १३ हजार ५८२ जना सक्रिय संक्रमित

थप १०९६ जनामा कोरोना संक्रमण, १३ हजार ५८२ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २१ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्। आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।...
एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २१ एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्य...
२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २० पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्। आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।...