Sunday, September 6
Shadow

ब्यानर समाचार 2

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार 2
काठमाडौँ– श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो । उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन...
जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

कृर्षि, ब्यानर समाचार 2, समाचार
यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताउनुभयो । सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवद्र्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्र...

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार 2
टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो।...
बुधबारदेखि सिक्लेस हाइड्रोपावरको आईपीओ खुला हुने

बुधबारदेखि सिक्लेस हाइड्रोपावरको आईपीओ खुला हुने

ब्यानर समाचार 2
सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १२ अ...
पश्चिमी इन्डोनेसियामा भूकम्प

पश्चिमी इन्डोनेसियामा भूकम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ । भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । ...

मातातीर्थ गोल्डकप : असोज ३ गतेदेखि सुरु

खेलकुद, ब्यानर समाचार 2
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट रु १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई रु १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ...

राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्यो

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिनुभयो । ...
जिब्रो छेड्ने जात्रा

जिब्रो छेड्ने जात्रा

ब्यानर समाचार 2, समाज
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले ज...
पितृ पक्ष (सोह्र श्राद्ध)

पितृ पक्ष (सोह्र श्राद्ध)

ब्यानर समाचार 2, समाज
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्य...