Sunday, February 23
Shadow

अपराध

जग्गा विवादका कारण भाइले गरे दाइको हत्या !

जग्गा विवादका कारण भाइले गरे दाइको हत्या !

अपराध, मुख्य समाचार
काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमबार बेलुका सामान्य जग्गा विवादका कारण आफ्नै भाइले खुकुरी प्रहार गरि दाजुको हत्या गरेका छन । ७२ बर्षिय खमसिङ तामाङलाइ आफ्नै भाइ सिंहबहादुर तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । दाजुभाइको जग्गा बिबादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दाइको हत्या गर्ने सिंहबहादुरलाइ प्रहरीले सोमबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।...
२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

अपराध, मुख्य समाचार
विदुर- २६ बर्ष देखि फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको  प्रतिवादी पक्राउ परेका छ्न । मकवानपुर जिल्ला अदालतको मिति २०५५।१०।१९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद तोकि फरार रहेका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी जिल्ला नुवाकोट साबिक बेतिनी गा.बि.स. वडा नं.०७ हाल दुप्चेश्वर गाँउपालिका वडा नं. ०४ बस्ने वर्ष ५५ को राम बहादुर भन्ने जंग बहादुर तामाङ पक्राउ परेका हुन । तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा  वैशाख १२ गते बेलुका ६ बजेको समयमा तादी गाँउपालिका वडा नं.०४ सातबिसे स्थितमा लुकीछिपी हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङलाई १३ गते नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।...
टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

अपराध, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म (शुक्रबार बिहान १० बजेर ७ मिनेट) पक्राउ परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।...
राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अपराध, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ- राज्यकोषबाट उपचार खर्च पाउने कानुन नै खारेज गर्न माग गर्दै रिट दर्ता भएको छ । भिआइपी र भिभिआइपीले राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ताद्वय राधिका चम्लागाईं र स्वागत नेपालले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद् सचिवालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालयसमेत विरुद्ध रिट दायर गरेका हुन् । राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने विज्ञप्तिप्रति शङ्का व्यक्त गर्दै आफूहरूले रिट दायर गरेको स्वागत नेपालले जानकारी दिएका छन् । मन लाग्दा राज्यकोषबाट खर्च लिने र विरोध हुँदा आफैँ व्यहोर्छु भन्ने अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भएको भन्दै अधिवक्ताद्वयले  झलनाथ खनालदेखि सुजाता कोइरालासम्मले अकुत सम्पत्ति हुँदाहुँदै पनि राज्यकोषलाई लुटेको भन्दै कानुन नै खारेज गर्न रिट दर्ता गरिएको जनाइएको छ । अकुत सम्पत्ति हुँदाहुँदै ल...
एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

अपराध, ब्यानर समाचार 2, समाचार
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्...
आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।  ...
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

अपराध, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो । लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै शर्तसहित रु २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो । पुनरावलोकन निवेदनमा भनिएको छ, “उच्च अदालत, पाटनबाट मिति २०७९/०९/२८ मा भएको उक्त आदेश तत्काल प्राप्त प्रमाणको मूल्याङ्कनको रोहमा बेरीतपूर्ण रहेको हुँदा उक्त आदेश बदर गरी निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १ को देहाय (ख) बमोजिम पुर्पक्षको निम...
नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना लाई प्रहरीले गर्‍यो  पक्राउ

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना लाई प्रहरीले गर्‍यो पक्राउ

अपराध, समाचार
महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप–महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन् ।...
काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाडौँ- जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।...
१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिनुभयो । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको ...